कोरोनाका कारण विश्व स्वास्थ्य संगठनद्वारा मासुमा प्रतिबन्ध

न्युयोर्क । विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ ।

कोरोना भाइरसको महामारी विश्वमै फैलिन थालेपछि संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आह्वान गरेको हो ।

संगठनका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा प्रतिबन्ध लगाउन अपील गरेका हुन् ।

कोरोना भाइरसको महामारी चीनको उहानस्थित सिफुड बजारबाट भएको थियो ।  त्यही भएर पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।

‘बजार लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत हो’, उनले भने, ‘अधिकांश बजारमा स्वच्छताको कमी छ ।’

‘जनावर बिक्री हुने बजारलाई तबमात्र खोल्न अनुमति दिनुपर्छ’, उनले भने, ‘जब भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना हुन्छ ।’

Published : Saturday, 2020 April 18, 7:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया