कांग्रेसका युवा नेता महर्जनद्वारा चापागाउँमा मास्क वितरण

ललितपुर । नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि ललितपुरका चापागाउँमा वितरणका गर्नका लागि मास्क उपलब्ध गराएका छन् ।

गोदावारी नगरपालिकाको चापागाउँमा कांग्रेसका युवा नेता महर्जनले तरुण दल ललितपुर क्षेत्र नम्बर १ का सचिव अनिल श्रेष्ठ, गोदावरी नगरपालिका वडा नम्बर ११ का तरुण दलका अध्यक्ष गंगाधर श्रेष्ठ, तरुण दलका सदस्य सन्देश महर्जनलाई टोल–टोलमा वितरण गर्नका लागि माक्स उपलब्ध गराएका हुन् ।

कांग्रेसका नेता महर्जनले प्रत्यक घरमा गएर माक्स वितरण गर्न निर्देशन दिएका छन् ।

महर्जनले उपलब्ध गराएको माक्स मेडिकलमा खरिद गर्दा एउटाको १ सयदेखि १ सय पच्चीस रुपियाँसम्म पर्ने तरुण दलका क्षेत्रीय सचिव अनिल श्रेष्ठले बताए ।

बजारमा माक्सको अभावका बाबजुद कांग्रेसका नेता महर्जनले चापागाउँबासीहरूलाई निःशुल्क माक्स उपलब्ध गराएको भन्दै सचिव श्रेष्ठले धन्यावाद दिएका छन् ।

महर्जनको निर्देशनपछि क्षेत्रीय सचिव श्रेष्ठ, गोदावरी नगरपालिका वडा नम्बर ११ का तरुण अध्यक्ष गंगाधर श्रेष्ठ, सदस्य निरोज देशारले घरहरूमा गएर माक्स बितरण गरेका छन् ।

कांग्रेसका युवा नेता महर्जनले बिपन्न परिवारलाई विभिन्न ठाउँमा सेनिटाईजर र साबुन पनि बितरण गर्दै आइरहेका छन् ।

कसैलाई समस्या पर्दा अग्रपंक्तिमा देखिने कांग्रेसका युवा नेता महर्जनले लकडाउनका कारण कसैलाई खानका लागि समस्या भयो भने सहयोग गर्ने जनाएका छन् ।

उनले लकडाउनका बेला मजदुर, अति विपन्न परिवार, मन्दिरमा मागेर गुजारा गर्नेहरूलाई आफूले सक्ने सहयोग गरिसकेका छन् ।

Published : Friday, 2020 April 17, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया