ओलीकाे घर भएकाे जिल्लामा कांग्रेस नेता कवेंद्वारा एक सय बोरा खाद्यान्न वितरण

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका महाधिवेशन प्रतिनिधि अष्ट कुमार कवेंले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ स्थित मनोहरा बस्तीमा कवेंले बिहीबार खाद्य सामग्री वितरण गरेका हुन् ।

कांग्रेस नेता कवेंले मनोहराका चार वटा ब्लकमा जम्मा एक सय बोरा (२५००केजी) चामल, एक सय किलो दाल र १ सय किलो नुन विरता गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारहरूलाई लकडाउनका कारण खाद्यान्नको संकट भएपछि कांग्रेस नेता कवेंले चामलसहितका सामग्री वितरण गरेको जनाएका छन् ।

मनोहराको बस्तीमा रहेका सर्वसाधारणलाई युवा नेता कवेंले आफ्नो तर्फबाट सहयोग गरेपछि समस्यामा परेका मजदुरहरूलाई राहत मिलेको छ ।

सरकारको आँखा नपुगेको बेला नेपाली कांग्रेस भक्तपुरका नेता कवेंले खाद्य सामग्री वितरण गरेका छन् ।

भक्तपुरकाे बालकाेटमा प्रधानमन्त्री खड्गप्रसाद ओलीकाे घर रहेकाे छ । ओलीले मनाेहराका मजदुरकाे समस्या देख्न नसकेका बेला कांग्रेस नेता कवेंले चामल सहयाेग गरेका छन् ।

Published : Thursday, 2020 April 16, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया