लकडाउनका बेला भूकम्पको धक्का, सोलुका जनता घरबाहिर निस्किए

काठमाडौं । सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर बुधबार मध्यरातमा भूकम्प गएको छ ।

केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

बुधबार मध्य राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

लकडाउनका बेला भूकम्पको धक्का भएपछि सोलुखुम्बु र आसपासका जिल्लाका सर्वसाधारणहरू घरबाहिर निस्किएको स्थानीयले जनाएका छन् ।

Published : Thursday, 2020 April 16, 7:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया