मद्रसाका होस्टेलहरू क्वारेन्टाइनमा प्रयोग गर्न मुस्लिम आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगले मद्रसाहरूलाई क्वारेन्टाइनमा प्रयोग गर्न सकिने भन्दै नेपाल सरकारलाई सहयोग गर्न मद्रसा व्यवस्थापन समितिहरूलाई आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार विज्ञप्ति जारी गरेर मद्रसाहरूको होस्टेल र खाली जमिन क्वारेन्टाइनका लागि प्रयोग गर्न दिन आग्रह गरेका हुन् ।

‘देशभरि नै पर्याप्त संख्यामा होस्टेल समेतका मद्रसाहरू उपलब्ध छन्’, अध्यक्ष अन्सारीले भनेका छन्, ‘ती मद्रसाहरूमा भान्सा घर, शौचालय, स्नान कक्ष, बिजुली, खानेपानी आदिको व्यवस्था रहने गर्दछ ।’

‘त्यसरी नै पर्याप्त आकारका मैदानहरू पनि ती मद्रसाहरूमा उपलब्ध छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यी मद्रसाहरूमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकेमा निकै सहज हुने भएकोले मुस्लिम आयोग नेपाल सरकारलाई यस्ता मद्रसाहरूका भवन उपलब्ध गराउन पहल गर्नेछ ।’

‘राज्य विपदमा परेको बेला क्वारेन्टइन प्रयोजनको लागि आफ्ना मद्रास भवन उपलब्ध गराइर सहयोग गर्न चाहने मद्रसा व्यवस्थापन समितिहरूले मुस्लिम आयोगमा यथाशीघ्र सम्पर्क गर्न होला’, आयोगका अध्यक्ष अन्सारीले भनेका छन् ।

Published : Tuesday, 2020 April 14, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया