नेविसंघकाे माग र नाराले बालुवाटारभित्र खैलाबैला

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारका निर्वातमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कारबाहीको माग गरेको छ ।

नेविसंघले कम्युनिस्ट सरकारविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

वाल्मीकि विद्या पीठबाट निस्किएको नेविसंघको विरोध जुलुस राष्ट्रियसभा नजिकै पुगेर वाल्मीकी क्याम्पसमा फर्किएर कोण सभामा परिणत भएको थियो ।

नेविसंघका नेताहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानूनी कारबाहीको माग गरेका छन् ।

नेविसंघले प्रदर्शनका क्रममा ‘नेकपाको छोरोले, करोड माग्यो मोरोले’, ‘गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ’ लगायतका नारा लगाएका थिए ।

बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै नेविसंघले प्रदर्शनमार्ग गरेको थियो ।

प्रदर्शनीमा विद्यार्थी नेताहरूमाथि लाठी प्रहार भएको थियो ।

प्रहरीको लाठी प्रहारबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका थिए ।

Published : Friday, 2020 February 21, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया