७० कराेड काण्ड भएकै दिन अखिलको एरियामा घुस्यो नेविसंघ, भयाे शानदार कार्यक्रम

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेला गरिएको हो । भेलाले नेविसंघलाई विगतका तिक्तताहरू भुलेर एकजुट भई स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका क्याम्पसहरूमा रहेको विवादलाई छिटै समाधान गरेर अगाडि बढ्ने सहमति पनि भेलाले गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको अनेरास्ववियूको पकडमा रहेको आरआर क्याम्पसमा नेसिंघले शानदार कार्यक्रम गरेको छ ।

नेविसंघको भेलालाई रोक्न अनेरास्ववियुले अनेक तिकडम गरेको थियो । नेविसंघलाई आरआर क्याम्पसमा छिर्न नदिन अखिलले गरेको सबै योजनाहरू नेविसंघको नयाँ नेतृत्वले असफल बनाइदिएको छ ।

नेविसंघको नयाँ नेतृत्वले रणनीतिअनुसार नै आरआर क्याम्पसमा उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । योसँग आरआर क्याम्पसमा नेविसंघले अबको स्ववियुन निर्वाचनमा आफ्नो पकडलाई कायम गर्ने योजना बनाएको छ ।

भेलामा नेविसंघका सयौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 February 21, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया