केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहितको टिम कांग्रेसमा प्रवेश, डा.काेइरालाद्वारा स्वागत

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य मोबेन्द्र नाल्वोलाई पार्टी प्रवेश गराएका छन् ।

मोरङ जिल्लामा आयोजित पार्टी प्रवेश कार्यक्रममा डा.कोइरालाले लिम्बुवान पार्टीका केन्द्रीय सदस्य नाल्वोसहितका १८० जना नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गराएका हुन् ।

डा.कोइरालाले लिम्बुवानका नेताहरूलाई पार्टीमा प्रवेश गराउँदै योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिए ।

कांग्रेस प्रवेश गर्नेमा लिम्बुवानका केन्द्रीय सदस्य नाल्वोका साथै लिम्बुवानका मोरङ जिल्लाका अध्यक्ष शेरबहादुर लिम्बु, लिम्बुवानका कानेपोखरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार भवानी लिम्बु, समाजवादी पार्टीका कानेपोखरी गाउँपालिकाका सचिव प्रदीप राईलगायत रहेका छन् ।

कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई डा.कोइरालाले टीका र खादा लगाइदिएर पार्टी प्रवेस गराएका थिए ।

Published : Friday, 2020 February 21, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया