फुत्कियो गोकुल बास्कोटाको मन्त्री पद

काठमाडौं । ७० करोड कमिसन काण्डमा फसेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् ।

संसदको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले पदबाट राजीनामा दिएको जानकारी दिए ।

कारबाहीको माग गर्दै कांग्रेसले संसद अबरोध गरेपछि सापकोटाले सो जानकारी दिएका हुन् ।

कांग्रेसले बास्कोटालाई कारबाहीको माग गरेर बिहानैदेखि हँगामा गरेको थियो ।

Published : Thursday, 2020 February 20, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया