कञ्चनपुरमा पड्किए बास्कोटा, २४ घण्टा पनि टिक्न सकेन प्रशंसा

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा आफ्नो बचाउ गरेका छन् ।

कञ्चनपुर जिल्लाको बेलडाँडीमा बिहीबार बिहान आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री बास्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका हुन् ।

उनले भने, ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु ।’ मन्त्री बास्कोटाले अडियो प्रकरणमा राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ नरहेको बताए ।

उनले भने, ‘जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुन्छन् ।’

‘आरोप आफैंमा ठूलो कुरो होइन’, उनले भने, ‘आरोप दिनदिनै लाग्छ ।’ सरकार सञ्चालन गर्दा आरोप लाग्दै जाने विषय सामान्य रहेको बास्कोटाले बताएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले अडियो टेपबारे बुझ्न मन्त्री बाँस्कोटालाई दिउँसो बालुवाटारमा बोलाएका छन् ।

ओलीले मन्त्री बास्कोटाको प्रशंसा गरेको २४ घण्टा वित्न नपाउँदै ७० करोड भ्रष्टाचार काण्डमा बास्कोटा मुझिएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा बास्कोटा ओलीका सबैभन्दा निकटका र प्यारा मानिन्छन् । मन्त्री बास्कोटा ओलीको भक्तपुरको बालकोटमा रहेको निवासमा बस्दै आएका छन् ।

मन्त्रीहरू पुल्चोकस्थित मन्त्री क्वाटरमा बस्ने गर्छन् । तर, बास्कोटा ओलीको घरमा बसेका छन् ।

Published : Thursday, 2020 February 20, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया