७० करोडवाला कम्युनिस्ट मन्त्रीलाई राष्ट्रियसभा लाग्यो झट्का

काठमाडौं । कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर बस्न नमानेपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको अडियो कुराकानीमा बास्कोटाले ७० करोड रुपियाँ कमिसनको माग गरेका छन् ।

कांग्रेसका सांसद जितेन्द्र देवले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यसबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने माग पनि गरेका छन् ।

कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेपछि अर्को बैठक फागुन १५ गते बस्ने गरी स्थगित भएको छ ।

Published : Thursday, 2020 February 20, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया