अब चोरले विष्णु–विष्णु भने पुग्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले बालुवाटार जग्गा प्रकरणमा लालपुर्जा बोक्ने नेकपाका नेतालाई कारबाही नगरिएकोमा आपत्ति जनाएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै थापाले चोरीको सामान फिर्ता गरेर विष्णु–विष्णु भनेमा त्यसको माफी हुने बताए ।

‘कुमारजी आज्ञा गर्नु हुन्छ हे विष्णुमुनि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म उनीहरूलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु’, उनले भने, ‘चित्त बुझाउन नसकेर अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु । र दुई पटक विष्णु विष्णु भन्नु ।’

‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु । र चार पटक विष्णु विष्णु भन्नु’, सांसद थापाले भने, ‘त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग, लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् ।’

‘ईतिश्री अख्तियारे पुराणे, विष्णु सम्वादे, श्री स्वस्थानी ब्रतकथा बालुवाटार प्रकरण बर्णानम् प्रथम अध्याय धन्यावाद’, सांसद थापाले भने ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्युनिस्ट सरकारको छायाँ परेर नेकपाका नेताहरूलाई मुद्धा नचालाएपछि कांग्रेसका सांसद थापाले ब्याङ्ग्यात्मक रुपमा आलोचना गरेका हुन् ।

Published : Tuesday, 2020 February 18, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया