कम्युनिस्ट सरकारलाई बिचौलिया र दलालले चलाएः अमरेशकुमार सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार बिचौलिया र दलालको हो भनेर प्रश्न गरेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सिंहले बिचौलिया र दलालहरूले सरकार चलाएको भनेर आरोप लगाए । सरकारले उखु किसानहरूलाई पैसा नदिएका उद्योगपतिको संरक्षण गरेको उनले बताए ।

‘उखु किसान र उद्योगपतिवीच मन्त्रालयमा सहमति हुन्छ तर, उखु किसानले अझैसम्म भुक्तानी पाउन सकेका छैनन्’, उनले भनले भने, ‘मैले भन्ने गरेको छु, यो सरकार किसानको हो, जनताको हो या विचौलिया र दलाको हो ?’

‘उद्योगपतिले ३–३ वर्ष भइसक्यो भुक्तानी दिएको छैन । मेरै निर्वाचन क्षेत्रमा दुई वटा चिनीमिल छ’, कांग्रेसका सांसद सिंहले भने, ‘त्यो चिनी मिलले वातावरण पनि बिगा¥यो । उखुपनि लियो । पैसा पनि दिएन । सबै किसान ऋणको मारमा छन् । चाढै किसानको रकम भुक्तानी होस् ।’

Published : Tuesday, 2020 February 18, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया