ओलीले दिए पूर्वमाओवादीहरूलाई झट्का, तनाबमा प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएका छैनन् ।

पूर्वमाओवादी निकटका नेता र पूर्वएमालेका सीमित नेताहरूको उपस्थितिमा नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान २५औं जनयुद्ध दिवस मनाएका हुन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्ड सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी हुने भनिएको थियो । तर, ओली कार्यक्रममा सहभागी भएनन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

कार्यक्रममा आउँछु भनेका ओली नआएपछि प्रचण्डको मनमा चिसो पसेको चर्चा पार्टी कार्यालयमा भएको छ ।

Published : Thursday, 2020 February 13, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया