कांग्रेस महामन्त्री डा.काेइरालाद्वारा मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउमा डा.कोइरालाले मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका हुन् ।

उनीहरूका वीच के विषयमा कुराकानी भएको थियो केही भनिएको छैन ।

हिन्दूराष्ट्रको विषयमा लचक मानिने महामन्त्री डा.कोइरालाले हिन्दूत्वको विषयलाई उठाउँदै आएका मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका छन् ।

Published : Thursday, 2020 February 13, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया