अनुदार कम्युनिस्टहरू छक्क पर्ने गरी कांग्रेसले देखायो ठूलो छाती

काठमाडौं । नेपाली कांग्रेसले लगातार तीन दिनसम्म अबरुद्ध गरेको संसदको बैठक सुचारु गरिदिएको छ ।

संसदको मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सदन अबरोध गर्ने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताइन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनीतिक पूर्वाग्रहीपूर्ण निर्णयको विरोधमा संसदमार्फत आफूहरूले जनतालाई जानकारी गराएको बताइन् ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा विजयकुमार गच्छदारले बालुवाटार विस्तारको योजना मन्त्रिपरिषदमा लगेको बताएकी भुसालले गच्छदारलाई मात्रै राजनीतिक पूर्वाग्रही भएर मुद्धा चलाएको बताइन् ।

उनले माधवकुमार नेपालसहितका व्यक्तिलाई बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उन्मुक्ति दिएर सरकारको लाचार छायाँ भएको बताइन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधरिकारभन्दा बाहिर गएर मुद्धा चलाएको छ’, उनले भनिन्, ‘अख्तियारले राजनीतिक पूर्वाग्रही भएर मुद्धा दायर गरेको पुष्टि कम्युनिस्ट सरकारले गरेको छ ।’

‘सरकारकै प्रवक्ताले अख्तियारको निर्णयलाई सरकारको उपलब्धि हो भन्नुभयो’, उनले भनिन्, ‘संवैधानिक अंगले निष्पक्ष रुपमा काम गर्नुपर्छ । सरकारबाट प्रभावित भएर लाचार छायाँ भएर मुद्धा दायर गरेको कुरा जनतामा छिपेको छैन ।’

नेपाली कांग्रेसको संसदीय दलको बैठकले संसदको अबरोध अन्त्य गर्ने निर्णय गरेको थियो । संसदको बैठक अबरोध अन्त्य गर्ने निर्णय कांग्रेसले फिर्ता लिएर लोकतान्त्रिक र संसदीय प्रक्रियालाई सहयोग गरेको छ ।

Published : Tuesday, 2020 February 11, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया