भाञ्जी काण्ड गर्ने ‘अरिँगाल’ले बालिका भ्याए, कपिलवस्तुमा हँगामा

तौलिहवा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका सुर्ती व्यापारी अर्जुन श्रेष्ठले आफ्नै उद्योगमा काम गर्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका छन् ।

बलात्कार अभियोगमा जिल्ला कार्यालय कपिलवस्तुमा उजुरी परेपछि श्रेष्ठ फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशम्शेर जबराका अनुसार अर्जुन श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको छ ।

बलात्कार अभियोग लागेका श्रेष्ठ फरार रहेको एसपी जबराले जानकारी दिए । ‘आफ्नै उद्योगमा काम गर्ने १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुन श्रेष्ठविरुद्ध उजुरी परेको छ । उहाँलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको छ’, एसपी जबराले भने, ‘खोजतलास जारी छ । अर्जुन श्रेष्ठलाई पक्राउ गरेर कारबाही हुन्छ ।’

आफूलाई नेकपा निकटको पत्रकार बताउने श्रेष्ठले सुर्तीको ठूलो व्यापार गर्दै आएका छन् ।

बालिका बलात्कार गर्ने सुर्ती व्यापारी श्रेष्ठले पक्राउ पर्नबाट बच्नका लागि सत्तारुढ नेकपाका ठूला नेताहरूलाई भेटेर बचाउन आग्रह गरेको स्रोतले जनाएको छ । श्रेष्ठले पीडित बालिकाको परिवारलाई मुद्धा फिर्ता लिएर मिल्न नेकपाका नेताहरूमार्फत दवाव दिएको खुलासा भएको छ ।

सुर्ती व्यापारी श्रेष्ठलाई बलात्कार काण्डबाट बचाउन नेकपा कपिलवस्तुका केही नेताहरू सक्रिय रुपमा लागेको आरोप छ ।

जेठी पत्नी हुँदा हुँदै आफ्नै सहोदर भाञ्जीलाई यौनकाण्ड मच्चाएका व्यापारी श्रेष्ठले १५ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनको अर्को कालोकर्तुत बाहिर आएको छ ।

कपिलवस्तुका पत्रकारहरूले श्रेष्ठको बलात्कारको समाचार लेख्न डराएका छन् । सत्तारुढ नेकपा निकट मानिने सुर्ती व्यापारी श्रेष्ठले आफूलाई पत्रकारका रुपमा परिचय दिने गरेका छन् ।

Published : Monday, 2020 February 10, 10:20 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया