देउवाको जिल्लामा तरुण र प्रहरीवीच घम्साघम्सी

काठमाडौं । नेपाल तरुण दल डडेल्धुराले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दवावमा बालुवाटार जग्गा प्रकरणका प्रमुख दोषीहरूलाई मुद्धा नचलाएको भन्दै तरुण दलले आइतबार डडेल्धुरामा ओलीको पुत्ला जलाएको हो ।

प्रधानमन्त्री ओली र अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेको पुत्ला जलाउने क्रममा डडेल्धुरामा तरुण दल र प्रहरीवीच झडप समेत भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा तरुणहरूले नेकपाका माधवकुमार नेपाल र विष्णु पौडेल तथा लीलामणि पौडेललाई पनि मुद्धा चलाउन माग गरेका छन् ।

Published : Sunday, 2020 February 9, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया