कम्युनिस्टविरुद्ध तरुण दलले आज काठमाडौंसहित देशभरि प्रदर्शन गर्दै

काठमाडौं । नेपाल तरुण दलले बालुवाटार जग्गा प्रकरणका सबै दोषीलाई भेदभाव नगरी कारबाहीको माग राखेर काठमाडौंसहित देशभरि प्रदर्शन गर्दै छ ।

तरुण दलले आज (आइतबार) काठमाडौंसहित देशभरि प्रदर्शन गर्न लागेको हो । काठमाडौंको माइतीघर मण्डालामा बिहान ११ बजे प्रदर्शन गरिने तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाका सबै जिल्लामा तरुण दलहरूले आज प्रदर्शन गर्नेछन् ।

अध्यक्ष बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेतालाई मात्रै मुद्धा चलाउनु संविधान र कानून विपरित रहेको बताएका छन् । उनले बालुवाटार जग्गा प्रकरणमा सबैलाई तेरो र मेरो नभनिकन कारबाही गर्नुपर्ने माग गरेका छन् ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्यसचिव लीलामणि पौडेल र विष्णु पौडेललाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएपछि नेपाली कांग्रेसले आन्दोलन गर्दै आएको छ ।

Published : Sunday, 2020 February 9, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया