कान्छारामले रामेछापमा ल्याइदिए खुसीको बहार, देउवा–विश्वप्रकाश आफै पुगे कार्यक्रममा

मन्थली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछाप जिल्लामा शव बहान र एम्बुलेन्सहरू वितरण गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् समाजसेवी पूर्णबहादुर तामाङ ‘कान्छाराम’द्वारा प्रदान गरिएको शव वाहन र एम्बुलेन्सहरू सभापति देउवाले हस्तान्तरण गरेका हुन् ।

रामेछाप जिल्लाको मन्थलीमा शनिबार आयोजित हस्तान्तरण समारोहमा सभापति देउवाले विभिन्न गाउँपालिका, नगरपालिका तथा संघ संस्थाहरूलाई शव बहान र एम्बुलेन्सहरू वितरण गरिएको हो ।

तामाङले नेपाली कांग्रेसका सभापति देउवामार्फत चार वटा एम्बुलेन्स र एउटा शव बहान वितरण गरेका हुन् ।

एम्बुलेन्स र शव बहान गाडी वितरणका लागि नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्मा पनि मन्थली आएका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता दुजाङ शेर्पा पनि सहभागी थिए ।

सभापति देउवा र प्रवक्ता शर्माले गाउँका जनतालाई तामाङले गरेको योगदानको प्रशंसा गरेका थिए ।

नेपाली कांग्रेस रामेछापका नेता तामाङले यसअघि पनि जिल्लामा थुप्रै एम्बुलेन्सहरू वितरण गरिसकेका छन् ।

रामेछाप जिल्लामा तामाङले सामाजिक कार्यहरूमा आफूलाई केन्द्रित बनाउँदै आएका छन् । जिल्लामा तामाङलाई नेपाली कांग्रेसका कार्यकर्ताले मात्र नभइ अन्य दलका नेता तथा कार्यकर्ताहरूले पनि राम्रो मान्छन् ।

Published : Sunday, 2020 February 9, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया