कम्युनिस्टहरू देशबाट पतन हुन्छन्ः बालकृष्ण खाँण

बुटवल । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक बालकृष्ण खाँणले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन् ।

शनिबार नेपाल प्रेस युनियन रुपन्देही शाखाले आयोजना गरेको वनभाेज कार्यक्रममा उनले निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए ।

‘लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्याउन लागि पर्ने जो कोही आफै सिद्धिन्छन्’, उनले भने, ‘निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेको छ ।’

‘जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था नै जाने थिएन’, उनले भने ।
नेता खाँणले निरंकुश पद्धती नेपालमा आउन नसक्ने बताएका छन् ।

लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन परेपनि कांग्रेस तयार रहेको खाँणले बताए । कम्युनिष्ट सरकार आउनुमा कांग्रेसको कमजोरी मुख्य कारण रहेको खाँणको भनाइ छ ।

Published : Saturday, 2020 February 8, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया