लालपुर्जा गोजीमा राख्ने गरिव सुकुम्बासीको कुर्सी खाली

काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लगातार दुई पटक संसद बैठक अबरुद्ध गरेको छ ।

कम्युनिस्ट सरकारको लाचार छायाँ बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा प्रकरणमा मुख्य दोषीहरूलाई उन्मुक्ति दिएपछि नेपाली कांग्रेस भड्किएको हो ।

अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे छन् । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कोटाबाट अख्तियार भित्रिएका थिए ।

पूर्वएमालेका नेताहरूलाई उन्मुक्ति दिने गरेर प्रमुख आयुक्त घिमिरेले बालुवाटार जग्गा प्रकरणमा अभियोग पत्र तयार पारेको नेपाली कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई मात्रै मुद्धा लगाएपछि कांग्रेसले विरोध स्वरुप संसद बैठक अबरुद्ध गरेको छ । नेपाली कांग्रेसले बिहीबार र शुक्रबार गरेर दुई पटक संसद अबरुद्ध गरेको छ ।

शुक्रबारबो संसदको बैठकमा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले निर्णय गरेर सदर गर्ने प्रधानमन्त्री माधवकुमार नेपाल, बालुवाटारको जग्गाको लालपुर्जा गोजीमा राखेर ऋण समेत खाने नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लीलामणि पौडेलर्लाइ उन्मुक्ति दिएको बताए ।

बालुवाटार गुरुयोजना अन्तर्गत बाटो बनाउन प्रस्ताव लैजाने मन्त्री विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रही भएर मुद्धा लगाएको उनले बताए ।

संसदमा नेपाली कांग्रेसले बैठक अबरुद्ध गरेका बेला बालुवाटारको लालपुर्जा गोजीमा राख्ने नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल भने आफ्नो सिटमा देखिएनन् ।

उनीहरू बस्ने गरेको सिटमा शुक्रबारको बैठकमा सांसद, पत्रकारहरूले नजर लगाएका थिए । तर, माधवकुमार नेपाल र विष्णु पौडेल संसदमा आफ्नो सिटमो थिएनन् ।

Published : Friday, 2020 February 7, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया