नेविसंघले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ठूला माछाहरूलाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएको भन्दै विरोध प्रदर्शन गर्न लागेको छ ।

नेविसंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा नेकपाका ठूला माछाहरूलाई पनि कारबाहीको मागसहित प्रदर्शन गर्न लागेको हो ।

मावकुमार नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएपछि नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रही भएर नेकपाको कम्युनिस्ट सरकारले अख्तियारमार्फत ठूलो षड्यन्त्रमा लागेको आरोप लगाउँदै आएको छ ।

Published : Friday, 2020 February 7, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया