कांग्रेसद्वारा संसदमा हँगामा, ‘सुकुम्बासी’को शिर झुक्यो, सदन अबरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलका उपनेता एवम् उपसभापति विजयकुमार गच्छदारलाई मात्रै फसाउने गरे राजनीतिक पूर्वाग्रही भएर अख्यिार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गराएको भन्दै आक्रोश पोखेको छ ।

संसदको बिहीबार बसेको बैठकमा शुरुमै समय लिएर बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले राजनीतिक पूर्वाग्रही भएर आयोगले विशेष अदालतमा गच्छदारलाई मुद्धा दर्ता गराएको बताइन् ।

उनले सरकारको लाचार छायाँ भएर अख्तियारले गच्छदारमाथि मुद्धा लगाएको आरोप लगाइन् । उनले प्रतिशोधका आधारमा मुद्धा लगाएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।

उनले मुद्धा लगाउने विषयलाई नेपाली कांग्रेसले स्वीकार गर्न नसक्ने बताइन् । उनले बालुवाटारको जग्गाको कुरालाई लिएर मुद्धाको आधार हेर्दा कसैलाई काखा कसैलाई पाखा लगाउने हास्यास्पद कुरा रहेको बताइन् ।

उनले के कारणले संविधानमा सबै बराबरी भएको अवस्थामा असमानता किन भयो भनेर प्रश्न गरेकी छिन् ।

‘विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध र लोकतन्त्रलाई कमजोर बनाउने गरेर मुद्धा दायर गरेको खबर आएको छ’, भुसालले भनेकी छिन्, ‘अख्तियार दुरुपयोग आयोगले राजनीतिक प्रतिशोध राखेर मुद्धा दर्ता गरेको छ ।’

माधव नेपाल प्रधानमन्त्री भएको क्याबिनेले गरेको नीतिगत निर्णयलाई लिएर तत्कालीन भौतिक योजनामन्त्री गच्छदारलाई मात्रै दोषी ठानेर राजनीतिक पूर्वाग्रही भई राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको बताइन् ।

उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पूर्वाग्रही भएर लगाइएको मुद्धालाई नेपाली कांग्रेले नमान्ने बताइन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका गच्छदारलाई लगाइएको मुद्धालाई नमान्ने बताइन् ।

भुसालले जग्गा फिर्ता गर्ने नाममा मुद्धा नचलाउने भन्ने कुरा नहुने बताइन् । संवैधानिक आयोगले सरकारको लाचार छायाँ भएर राजनीतिक पूर्वाग्रही भएको स्पष्ट देखिएको उनले बताइन् ।

यसैवीच, नेपाली कांग्रेसले संसदको बैठक अबरुद्ध बनाएको छ । सचेतक भुसालले बोलेपछि संसदको बैठक अबरुद्ध गराएको जानकारी गराएकी थिइन् ।

नेपाली कांग्रेसका सांसदहरूले कम्युनिस्ट सरकारको लाचार छायाँ बनेर अख्तियारले राजनीतिक पूर्वाग्रही भएर गच्छदारलाई मुद्धा चलाउने तथा माधव नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै सदन चल्न नदिएपछि शुक्रबार माघ २४ गते १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।

Published : Thursday, 2020 February 6, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया