कम्युनिस्टको डिजाइनमा कांग्रेस सिध्याउने खेल भएपछि एक भएर बोल्यो कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध मुद्दा दायर गरेर नियोजित रूपमा फसाइएको निष्कर्ष निकालेको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले गच्छदारलाई राजनीतिक पूर्वाग्रही भएर फसाइएको आरोप लगाएको हो ।

सहमहामन्त्री डा.प्रकाशशरण महतले उपसभापति विजयकुमार गच्छदारलाई नियोजित रुपमा फसाइएको ठहर कांग्रेसले निकालेको छ ।

‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट मुद्दा भएको छ’, डा.महतले भने, ‘त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ ।’

Published : Thursday, 2020 February 6, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया