कांग्रेसले अचानक रोक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक नेपाली कांग्रेसले स्थगित गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरेर बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको जनाएका छन् । उनले बैठक स्थगित गर्नुपर्ने कारणका विषयमा केही भनेका छैनन् ।

बुधबार स्थगित भएको बैठक माघ २७ गते दिउँसो २ बजे बस्नेछ ।

Published : Wednesday, 2020 February 5, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया