बागलुङ बडिगाड २ मा शेरचन विजयी
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर–२ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ढालप्रसाद शेरचन विजयी भएका छन् ।
राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचन ७०४ मत प्राप्त गरी विजयी भएका हुन ।
शेरचनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका थिए ।
वडाध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरिलाल रानाले भने जम्मा ६ मत प्राप्त गरेका थिए ।
१२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
०७४ मा निर्वाचित वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप–प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो ।
१ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया