कञ्चनपुरको वडाध्यक्षमा तामाङ विजयी
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वाड नम्बर ३ मा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्ष कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
शनिबार भएको उपनिर्वाचनमा वडा नम्बर ३ मा ९२४ मत खसेको थियो । यो वडामा ११९९ मतदाता रहेका छन् ।
नेकपाका कृष्णबहादुर तामाङले ५२८ मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका थिए ।
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ मत पाएका थिए भने राप्रपादका पदम शाहीले ७ मत पाएका छन् ।
यसअघि रोल्वाको थवाङमा नेकपाले वडाध्यक्ष विजयी भइसकेको छ ।
Published : Saturday, 2019 November 30, 7:49 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया