भक्तपुरमा निर्वाचन विथोल्ने हर्कत गर्ने युवा संघलाई तरुणहरूले लखेटे

झक्तपुर । निर्वाचन आचार संहित लागू भएका बेला उपनिर्वाचनलाई विथोल्न गतिविधि गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवा संघ भक्तपुरका नेता रवि खड्कालाई नेपाल तरुण दल भक्तपुरले लखेटेको छ ।

भक्तपुरको नगरकोटमा बिहीबार राति करीव ९ बजेतिर उपनिर्वाचनलाई बिथोल्ने गरेर हर्कत गर्दै गरेको अवस्थामा देखेपछि युवा संघका खड्कालाई तरुणहरूले लखेटेको भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए ।

‘हामी उपनिर्वाचनलाई कुनै पनि प्रकारको व्यबधान र अबरोध नहोस् भन्ने पक्षमा छौँ’, थापाले भने, ‘भक्तपुर युवा संघका केही व्यक्तिले निर्वाचन आचार संहिता विपरितका हर्कत गरेपछि तरुण साथीहरूले नगरकोटबाट लखेटेका छन् ।’

युवा संघका रवि खड्कालाई लखेट्ने क्रममा तरुण नेता वीरमान तामाङको खुट्टामा चोट लागेको छ ।

पूर्वगुण्डा नाइके समेत रहेका रवि खड्काले युवा संघमा लागेपछि भक्तपुरमा रेष्टुरेन्टको व्यवसाय चलाउँदै आएका छन् ।

Published : Friday, 2019 November 29, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया