राष्ट्रपति र मुख्यमन्त्रीको गाउँमा कांग्रेसविरुद्ध सीडीओ सक्रिय, तरुणद्वारा खबरदारी
भोजपुर । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भोजपुरले माथिको आदेशभन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अन्याय गरेको छ ।
तिवारीभञ्ज्याङबाट शुक्रबार भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको ठाडो आदेशमा प्रहरीले नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई गाडीमा राखेर दश किलोमिटर टाढा छाडेर दुर्व्यवहार गरेको छ ।
नेपाली कांग्रेसका स्थानीय नेता डिल्ली कार्कीसहितका नेता तथा कार्यकर्ताहरूलाई श्यामशीलाबाट दश किलोमिटर टाढा लगेर छाडेको नेपाल तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
श्यामशीलामा शनिबार वडाध्यक्षको उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हुन सक्ने धाँधलीलाई मलजल हुने गरेर स्थानीय प्रशासनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई गाउँमा प्रवेश रोक लगाएको छ ।
नेपाल तरुण दल भोजपुरका अध्यक्ष बस्नेतले नेकपाले वडाको उपनिर्वाचनमा धाँधली गर्न स्थानीय प्रशासन र प्रहरीलाई दुरुपयोग गरेको आरोप लगाए ।
श्यामशीला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गाउँ पर्छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया