आयरल्याण्डमा नेपालीहरूकाे अन्तरक्रिया, भारतको विरोध
आयरल्याण्ड । जनसम्पर्क समिति आयरल्याण्ड र नेपाली एकता समाज आयरल्यान्डको संयुक्त आयोजनामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सोमबार कोर्क शहरस्थित थाली नेपाल रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
हालै सम्पन्न गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप क्षेत्रीय उपसंयोजकमा विजयी भएका शुक्रराज न्यौपानेको सम्मान तथा भारतले हालै जारी गरेको नक्सा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयरल्याण्डमा बस्ने नेपालीका समस्याका बारे समेत अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रम नेपाली एकता समाजका अध्यक्ष कृष्ण जिसीको सभापतित्व एवं यूरोप उपसंयोजक शुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
एनआरएनए यूरोप उपसंयोजक तथा कार्यक्रमका प्रमुख अथिति न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा रोजगारीको सिजर्ना भएमा विदेशिनुपर्ने बाध्यता नहुने बताए ।
‘देशमा रोजगारको अवसर सृजना गरी विदेशीएका नेपालीहरूलाई स्वदेश फिर्ता गर्ने वातावरण बनाउनुपर्छ’, न्यौपानेले भने, ‘यस सम्मानले मलाई अझ उत्तरदायित्व बोध गराएको छ । तपाईहरूको निरन्तर सहकार्य र खबरदारीको अपेक्षा गरेको छु ।’
भारतले पछिल्लो समय सार्वजनिक गरेको नक्सा र मिचाहा प्रवृतिप्रति निकै आक्रामक देखिएका प्रमुख अथिति न्यौपानेले दक्ष र सचेत युवा जनशक्ति विदेश पलायन हुनुले पनि भारतले निरन्तर यस्तो हर्कत देखाउने चेस्टा गरेको प्रसंग कोट्याउँदै भने, ‘कुटनीतिक तवरले यसको समाधान हुन् सकेन भने मुद्दालाई अन्तर्राष्ट्रिय अदालतसम्म पुर्याउन सरकारको खुट्टा काप्नु हुँदैन ।’
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विनोद कार्कीले विदेशमा रहेका नेपालीहरू आफ्नो संस्कृतिबाट टाढा रहन नसक्ने र गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिनुपर्ने बताए ।
गैर आवासीय नेपाली संघ आयरल्याण्डका पूर्व उपाध्यक्ष तथा कोर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाठीले समस्या परेका हरेक नेपालीलाई समितिले सहयोग गर्दै आएको बताए ।
एनआरएनका पूर्व उपाध्यक्ष वसन्त न्यौपाने, कोर्क नेपाली समाजका पूर्वध्यक्ष टेकनारायण पौडेल, वीरेन्द्र अधिकारी, अमृत जोशी, लोकेश धामी, सञ्जय अधिकारी, राम गुरूङ्ग, रुपेश रेग्मी, पून्य न्यौपाने, सरोज पोख्रेल, हरि गौतम, सन्दीप केसी, समिर थापा, श्रीकृष्ण भण्डारी, चमन राना, विजय साहनी, विवेक रिमाल, भागरथी त्रिपाठी, धनबहादुर खत्री, विवेक सापकोटा लगायत आयरल्याण्डमा रहेका अधिकांश संस्थामा आबद्ध नेपालीहरू उपस्थित थिए ।
नेपाली एकता समाज आयरल्याण्डका अध्यक्ष कृष्ण जिसीले स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रमको सहजीकरण जनसम्पर्क समितिका सहमहामन्त्री अंकित वलीले गरेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया