‘अरिँगालहरू’लाई कारबाहीको माग गर्दै नेविसंघद्वारा तालाबन्दी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दोषीलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै नेपाल कमर्स क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
नेपाल कमर्स क्याम्पस इकाईले बिहीबार शान्ति सुरक्षाको माग गर्दै तालाबन्दी गरेको हो ।
क्याम्पसका ईकाइ अध्यक्ष सरोज तिमल्सिनालगायत विद्यार्थी नेताहरूलाई सत्तारूढ नेकपाल कम्यनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका नेता–कार्यकर्ताले खुकुरी प्रहार गरेर घाइते बनाएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरिएको नेविसंघले जनाएको छ ।
विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाएर घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सहयोगको माग गर्दै क्याम्पस प्रमुख जीवनकुमार भट्टराईको कार्यकक्षमा तालबन्दी गरिएको नेविसंघका नेता अनुराग शाहले जानकारी दिए ।
तालाबन्दीपछि नेविसंघले क्याम्पसको प्रवेशद्वारमा कोणसभा गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्ने नेविसंघका नेताहरूले घटनामा संलग्न अनेरास्ववियुका नेता–कार्यकर्तालाई तत्काल कारबाही गरेर पीडितलाई न्याय दिन माग गरेका थिए ।
बुधबार कमर्श क्याम्पस प्रशासनको रोहबरमा भएको छलफलपछि बाहिरिने क्रममा नेविसंघ क्याम्पस इकाई सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीमाथि सांघातिक आक्रमण भएको थियो ।
आक्रमणकारीको खुकुरी प्रहारबाट घाइते भएका सभापति तिमिल्सिना र शाहको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
नेविसंघले अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतको समूहले आक्रमण गरेको दाबी गरेको छ । उनीहरूलाई तत्काल पक्राउ गर्न नेविसंघको माग छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया