मिलेर कांग्रेस बनाऔँ, अनि कम्युनिस्टसँग लडौँः मीनकृष्ण महर्जन
ललितपुर । नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले पार्टीलाई बलियो बनाउन लागेको भन्दै आगामी निर्वाचनमा कांग्रेसका जित सुनिश्चित रहेको बताएका छन् ।
ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ बागामती गाउँपालिकाको वडा नम्बर १ गिम्दीमा बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महर्जनले कम्युनिस्टसँगको पराजयपछि अन्तर्घात गर्नेहरूको चेत खुलेको बताए ।
‘केही नेताहरू पार्टी बलियो होस् भनेर दिनरात नभनी संगठन बनाइ रहेका छन्’, उनले भने, ‘कोही भने पार्टी संगठनको काम गर्नेहरूको खुट्टातान्ने काममा लागेका छन् । अब पनि नचेत्ने हो भने कम्युनिस्टहरूले झन् टाउनेको उठाउनेछन् ।’
कम्युनिस्टहरूप्रति आक्रामक देखिएका युवा नेता महर्जनले सबै मिलेर पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र केन्द्रीय कार्यसमितिको निर्णयलाई गाउँका जनता सम्म लैजानुपर्ने बताए ।
पार्टीभित्रका केही अवसरवादीहरूका कारण आफूसहित देशभरिका थुप्रै उम्मेदवारहरू पराजित भएको महर्जनले स्मरण सुनाए । उनले विगतमा जे भएपनि अब मिलेर कांग्रेसलाई बलियो बनाउनुको बिकल्प नरहेको बताएका छन् ।
उनले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन निकै बलियो रहेको बताए ।
कांग्रेस पार्टीमा अझै पनि एकखालका नेताहरूले मुलुकमा प्रजातान्त्र आएपछि पनि चुनाव चिन्ह ‘रुख’मा भोट नहालेको युवा नेता महर्जनले तितो सत्य सुनाए ।
‘बिगतका कुरा छाडौँ अब सुध्रिनुस् । पार्टीले तपाईहरूलाई सुध्रिनको निम्ति कारबाहीको सिफारिस पनि जिल्ला सभापतिले फिर्ता लिइसक्नुभएको छ’, महर्जनले भने, ‘अब उप्रान्त पनि यस्तै गतिविधि गर्ने हो भने कार्यकार्ताले छोड्नेछैन ।’
उनले कांग्रेसले जित्दा देश र जनताको विकास हुनेभन्दै कम्युनिस्टहरूले जित्दा जताततै कर आतंक रहेको बताए ।
‘तपाईहरूको एउटा गल्तीले गर्दा आज यो दुईतिहाइको कम्युनिस्ट सरकारको तानाशाही प्रवृत्ति बढ्दै गएको छ’, उनले भने, ‘कम्युनिस्ट सरकारका कारण सारा कांग्रेसका कार्यकार्ताहरूले मात्रै होइन नेकपाकै कार्यकर्ताले पनि दुःख कष्ट भोग्न परेको छ ।’
‘तपाईहरू कै छोराछोरीहरूले दुःख कष्ट भोग्न बाध्य भएका छन्’, उनले भने, ‘नेपाली जनताले दुःख कष्ट भोग्न परेको छ । तपाईहरूलाई पनि अहिले यो दुईतिहाइको सरकारका कारण पछुतो लागि रहेको होला ।’
‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्नु हुँदैन’, उनले भनेका छन् ।
नेपाली कांग्रेसका युवा नेता महर्जनले पूर्वएमालेबाट कांग्रेसमा प्रवेश गर्नुभएका सबैलाई पार्टीले उचित मूल्यांकन गरेर जिम्मेवारी दिने बताए । उनले कम्युनिस्ट जस्तो गैरजिम्मेवार पार्टी नेपाली कांग्रेस नरहेको बताए ।
नेपाली कांग्रेसका युवा नेता महर्जन ललितपुर क्षेत्र नम्बर १ मा लोकप्रिय मानिन्छन् ।
महर्जन प्रदेश सभा निर्वाचनमा पार्टीका केही नेताहरूको अन्तर्घातका कारण झिनो मतले पराजित भएका थिए ।
कार्यक्रममा पूर्व एमालेका नेता लक्षणबहादुर लामिछाने, रुद्रप्रसाद शर्मा लागयत ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, युवा नेता महर्जनसहितका कांग्रेस नेताहरूले पार्टीमा भित्र्याएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया