कम्युनिस्टले दिए कन्टेनरमा नअट्ने पैसा छुट, ओलीलाई १० अर्ब कमिसन
धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले वर्तमान कम्युनिष्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले एनसेलबाट १० अर्ब कमिसन लिएर ६२ अर्ब कर छुट दिएको आरोप लगाएका छन् ।
सोमवार धरान १५ बगरकोटस्थित त्रिवेणी चोकमा आयोजित नेपाली कांग्रेसको चुनाबी कोण सभामा सम्बोधन गर्दै विश्वकर्माले ओलीले एनसेलबाट कमिशन खाएकै कारण कर छुट दिएको बताए ।
‘धरानका बगरकोट, सुमनटार, दानाबारी, पानवारी, विष्णुपादुक लगाएतका देशभरका मजदुर, किसानसंग ओलीको कम्युनिस्ट सरकारले कर लिन्छ’, उनले भने, ‘तर कन्टेनरमा नअट्ने ६२ अर्ब रकम राजस्व एनसेललाई छुट दिन्छन् ।’
विश्वकर्माले कम्युनिस्ट सरकारले ६ अर्ब रुपियाँ वाइडबडीमा र १२ अर्ब रुपियाँ फोरजी नेटमा पनि भ्रष्टाचार गरेर आरोप लगाएका छन् ।
उनले भने, ‘नेपाली कांग्रेसको सरकारमा मेरो संयोजकत्वमा ल्याएको जनता आवास कार्यक्रम कम्युनिष्टले स्थगित गरेका थिए ।’
‘धरानमा मेरो नेतृत्वमा ५ सय गरीव जनतालाई घर बनाए । तर केही घरहरू कम्युनिष्ट सरकारका कारण बन्न सकेको छैन’, उनले भने, ‘अब धरानबासीको मन र मत बदलिनु पर्छ ।’
‘कम्युनिष्ट शब्दको अर्थ भनेको कर हो । आम्दानी छैन । तर पनि कर दिनुपर्ने । रोजगारी छैन । कर दिनुपर्ने । यो सरकारले विकास गर्दैन । कर मात्रै लिन्छ’, नेपाली कांग्रेसका नेता विश्वकर्माले भने, ‘धरानबासीलाई २८ वर्षदेखि आश्वासन मात्र दिएको छ । विकास भएको छैन ।’
‘उनीहरूलाई डर छ । सुकुम्बासीहरू नगरबासी भए भने हामी सकिन्छौँ भनेर । त्यसैले उनीहरूले सुकुम्बासीलाई धनी पुर्जा दिँदैन । उनीहरूले सुकुम्बासीलाई झुक्याउन सेतो पुर्जा दिएर भोट लिइरहन्छ’, उनले भने, ‘नेपाली जनता सम्पन भएपछि कम्युनिष्ट आफै सकिन्छन् ।’
शिक्षा, स्वास्थ्य, आवास, खाद्या सुरक्षा, रोजगार कांग्रेसको नीति रहेको उनले बताए । ‘हामीले जनतालाई बुझाउन नसक्दा कांग्रेस हारेको हो’, उनलेभनेका छन, ‘अब जनताले बुझ्न थालिसकेका छन् ।’
नेपाली कांग्रेस महासमिति सदस्य उमेश थापाले तिलक राई धरानबासीको चाहान रहेको बताए । उनले भने, ‘कम्युनिष्टलाई पटक–पटक हेर्नु भयो अब परिवर्तन पक्षको संवाहक कांग्रेसलाई बिजयी गराउनुपर्छ ।’
अव्यवस्थित बसोबास समितिका महासचिव सुबास राईले धरानमा कम्युनिष्टले जिते पनि धरानबासी हारिरहेका बताए ।
उनले भने, ‘२८ वर्ष शासन गरेको कम्युनिष्टले धरानलाई लथालिङ्ग बनाएको छ । बगरकोटको अबस्था उस्तै छ । मरुभूमिबाट हरावरा बनाउन कांग्रेसले जित्न आवश्यक छ ।’
उनले १७ हजार मान्छे मार्ने २५ हजार बेपता गर्ने पार्टीलाई भोट नदिन आग्रह समेत गरेका छन् ।
कोण सभामा स्थानीय कम्युनिष्टका कार्यकर्ता कल्याण कार्की, दावालाकी शेर्पा, मैयाँ गिरी, बीरबहादुर दर्जी, विनोद ढकाल, लीलाबहादुर ल्वागुन, जनक गुरुङ, चन्द्रकला विश्वकर्मा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई केन्द्रीय सदस्य विश्वकर्मासहितका नेताहरूले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया