धरानमा प्रचार गर्दै कांग्रेसका कलाकारहरू, देखाए सांस्कृतिक कार्यक्रम
धरान । नेपाली कांग्रेस निकट नेपाल सांस्कृति कलाकर्मी संघले धरानमा मेयरको उम्मेदवार तिलक राईलाई विजयी गराउन सांस्कृतिक जागरण कार्यक्रम आयोजना गरेको छ ।
संगीतको माध्यबाट कम्युनिष्ट सरकारले देशमा निम्ताएको कुप्रथा, दण्ड, हिंसा र अत्याचारको खवरदारीसहित काठमाडूबाट धरान आएको नेपाल सांस्कृतिक कलाकर्मी संघ केन्द्रीय समितिका कलाकारहरूले नेपाली कांग्रेसले देशमा पुर्याएको योगदानको प्रचार गर्दै तिलक राईलाई जिताउन धरानवासीलाई आग्रह गरेका छन् ।
आइतवार साँझ धरान–१७ को रेल्वेचौकमा सो सांस्कृतिक जागरण कार्यक्रम आयोजना भएको थियो । देशभरका ५१ ठाउँमा मंसिर १४ गते उपनिर्वाचनलाई लक्षित गर्दै संघले गत ६ गतेबाट कास्कीको पोखराबाट जागरण अभियान शुरु भएको संघका केन्द्रीय सभापति डीबी गुरुङ्गले बताए । उनका अनुसार कास्की, सुनसरीसहितका १३ वटा जिल्लामा सांस्कृतिक जागरण कार्यक्रम हुनेछ ।
दुईतिहाइको कम्युनिस्ट सरकारले भ्रष्टचार, महंगी, कालाबजारी, कर, असुरक्षा निम्ताएको भन्दै यी विषयलाई आधार बनाएर गीत संगीत प्रस्तुत गरेका थिए ।
उनीहरूले स्रष्टाले सिर्जना गरेका गीत संगीतलाई सरकारले अंकुशलगाउन खोजेको भन्दै बिरोध समेत गरेका थिए ।
कार्यक्रममा संघ केन्द्रीय सभापति गुरुङ सहित उपसभापति उतिपराज खड्का, महासचिव सुरेन्द्र तिमल्सिना, सहकोषाध्यक्ष कबिता गेलाल सदस्यहरू रोशित कर्मचार्य, अर्जुन सुनाम, स्मृति शाही लगायतका कलाकारहरूले संगीतिक तथा सांस्कृतिक गीत, नृत्य प्रस्तुत गरेका थिए ।
सांगीतिक जागरणको कार्यक्रम धरान १७ कि बुथ सभापति पुष्पा राईको अध्यक्षतामा भएको थियो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया