कांग्रेसले देशभरिका युवाहरूलाई निराश हुन दिन्नः महर्जन
दमौली । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले कम्युनिस्टहरूको असफलताका कारण युवाहरूमा निरासा जाग्न थालेको बताएका छन् ।
तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा सोमबार नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै महर्जन युवाहरूको उर्जाशील जीवनलाई कांग्रेसले खेर जान नदिने बताए ।
‘कम्युनिस्टहरूबाट आशा राखेर नेपाली जनताले झण्डै दुईतिहाइको बहुमत दिए । स्थायी सरकार बनाइदिए’, उनले भने, ‘कम्युनिस्टहरूले कमाउन थालेर जनताको ईच्छा, आकंक्षाहरू पूरा गर्नेतिर ध्यान दिएनन् । सोही कारण युवाहरूमा निरासा छाएको छ ।’
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेहरूको ओइरो लागेको महर्जनले बताए ।
प्रदेश निर्वाचनमा ललितपुरबाट उम्मेदवार बनेका महर्जनले कम्युनिस्टहरूको खराब नीतिले जनतालाई करले जीवन कष्टकर बनाइदिएको बताए ।
नेपाली कांग्रेसका युवा नेता महर्जनले उपनिर्वाचनमा नेपाली कांग्रेसको विजयी निश्चित रहेको बताए । उनले उपनिर्वाचनबाट दुईतिहाइको कम्युनिस्टहरूलाई सबक सकाउने बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया