खेमराज पौडेललाई जिताउन गगन थापाको अपील
पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्व. रविन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपाका उम्मेदवारलाई भोट दिने हो भने त्यो रविन्द्रप्रति अपमान हुने बताएका छन् ।
पोखरामा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन हुँदैन भनेर रविन्द्र अधिकारी राजाविरुद्ध लागेको स्मरण गर्दै अहिले पनि रविन्द्रको उत्तराधिकारी हुँ, सपना पूरा गर्छु भन्दै हिंड्न नैतिक हैसियत नहुने बताए ।
नेता थापाले नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा कास्कीका जनताले त्यो पूरा गर्ने बताए ।
उनले यो चुनाव सिंगो देशको भविष्यसंग जोडिएकाले यो चुनावमा कांग्रेसलाई जिताएर देशको गति र मति फेर्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।
उम्मेदवार खेमराज पौडेलले आफू सधैं कास्की जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरेका छन् । उनले आफूले जितेर गएपनि सधैं जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खेमराज पौडेललाई जिताएर कास्कीको मुहार फेर्न लागि पर्ने बताए ।
पूर्वसांसद कुमार खड्काले सरकारको अधिकायकवाद अब धेरै दिन नटिक्ने चेतावनी दिए । उनले कांग्रेसको पक्षमा लहर बढेकाले खेमराज पौडेलको जित सुनिश्चित भएको बताए ।
कास्की कांग्रेसकी नेतृ लक्ष्मी पाण्डेले भ्रष्ट सरकारलाई सही बाटोमा हिंडाउनु कांग्रेसको कतर्व्य भएको भन्दै उपनिर्वाचन कांग्रेसले जितेमात्रै मुलुक सही ढंगले अघि बढ्ने दावी गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका वामपंथी नेता माधवप्रसाद पराजुलीले वीपीको प्रजातान्त्रिक समाजवाद अंगिकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
उनले पार्टीले दिएको जिम्मेदवारी, निर्देशन सही र पूर्णरुपले पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा ईन्द्रमान सिलवाल, सरु थापा र निर्मला थापा पनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया