धरानमा कांग्रेसलाई कम्युनिस्ट भित्र्याउन भ्याइनभ्याई, डराए कम्युनिस्टहरु
धरान । धरानमा पूर्व माओवादीका जिल्ला सदस्य प्रेमबहादुर लकान्द्री सहितपूर्व माओवादीका १ सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु बुधवार नेपाली कांग्रेस पार्टी प्रवेस गरेको भोलि पल्ट धरान–१७ बाट करिब ५० भन्दा बढी पूर्व माओवादीका स्थानीय कार्यकर्ता सहित १ सय स्थानीय बिहीबार कांग्रेसमा प्रवेश गरेका छन् ।
१७ नम्बर वडाको डाँडाघोपाका पूर्व माओवादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकासका अध्यक्षपूर्व माओवादीका नेता ईन्द्रबहादुर राई, माओवादीका पूर्व लडाकु समेत रहेका माओवादी निकट अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सूर्यबहादुर तामाङको नेतृत्वमा विभिन्न टोलबाट युवा सहित पाका उमेरका वडाबासी नेपाली कांग्रेसमा जय नेपालको नारा लगाउँदै पार्टी प्रवेश गरेका हुन् ।
रेल्वेचौकमाकांग्रेसले आयोजना गरेको चुनावी कोण सभामा भएको पार्टी प्रवेसपछि बोल्दै डाँडाघोपाका राजेश घिसिङ्गले धरानमा विमानस्थल बनाउन नेकपा बाधक भनेको बताए । उनले स्थानीयको सहमतिमा डाँडाघोपामा ७ बिगाहा जमीन उपलब्ध भएपनि निर्माण गर्ने विषयमा सरकार कानमा तेल हालेर सुतेको बताए ।
ईन्दे्रणी टोलका ईन्द्रबहादुर राईले आफू माओवादीको शैलीले वाक्कदिक्क भएर कांग्रेसमा प्रवेश गर्न बाध्य भएको बताए । उनले भने, ‘मनमा ढुङ्गा राखेर पार्टी छोड्दैछु । यो मेरो बाध्यता र स्थानीय विकासको चाहना हो गाउँको विकासका लागि परिवर्तन आवश्यक रहेकाले कांग्रेसको चाततारे झण्डा बोक्न बाध्य भएँ ।’
सुकुम्बासी नेता सूर्यबहादुर तामाङ्ग कम्युनिष्ट विकासको बाधक र गरिब जनताको दुश्मन भएको महशुस भएर धनीको पार्टी भनेर चिनिने कांग्रेस प्रवेश आफ्नो खुशीले प्रवेश गरेको बताए ।
२८ वर्ष नेपकाले धरानमा सरकार बनाउँदा पनि सुकुम्बासी समस्या नगरेको बताउँदै उनले नेकपाको नजरमा हामी उनीहरुको भोट बैंक मात्र बनेको यथार्थ रहेको बताए ।
नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
०७४ सालको स्थानीय तहको निर्वाचनको आधारमा पूर्व माओवादी, पूर्वएमालेपछि कांग्रेस वडा नं १७ मा तेस्रो स्थानमा खुम्चएको थियो ।
सुनसरी जिल्लामा धरान उपमहानगरपालिकाको वडा–१७ मात्र तत्कालीन माओवादीले जितेको थियो ।
एक साताभित्र मात्रै धरान १३, धरान १७ र धरान १७ कै पटनाली, धरानको भानुचौकबाट पूर्व माओवादीका सयौं कार्यकर्ताहरु कांग्रेसमा प्रवेस गरेका छन् ।
उनीहरुलाई फरक फरक कार्यक्रममा मेयरका उम्मेदवार तिलक राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर बिश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गराएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया