समाज सेवामा गायिका गोले, स्थापना गरिन फाउण्डेशन
धरान । सुनसरी जिल्लाको धरानमा ‘देशु गोले फाउण्डेशन नेपाल’ले दुई करोड रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
बेलायतमा बसोबास गर्दै आएकी समाज सेवी एवम् गायिका देशु गोलेले धरान उपमहानगरपालिका वडा नम्बर १५ निवासी हुन् । गोलेले सोही फाउण्डेशनमार्फत कोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।
फ्रेण्डस् गार्डेनमा सांगीतिक कार्यक्रम गर्दै फाउडेशनकी अध्यक्ष गोलेले फाउण्डेशनको उदेश्य, भावी योजना र सामाजिक सेवाको विषयमा फराकिलो ढंगले काम गर्ने बताएकी छिन् ।
यसअघि ६ लाख ३६ हजार रूपियाँको अक्षयकोष स्थापना गरेकी थिइन् ।
अक्षयकोषले धरान–१५ श्यामचोकस्थित गुम्बामा अध्ययनरत ३१ जना बालबालिकाहरूको शिक्षामा खर्च गरिएको उनले बताइन् ।
उनले दिलको राजा, सायद मलाई, तिमीसँग बोल्दैमा जस्ता २ दर्जन गीतमा स्वर दिएकी छिन् ।
गायनमा रुचि राख्ने गोले नेपालमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिएकी छिन् । त्यति मात्रै होइन उनले बेलायतमा नेपालीहरूले गर्ने कार्यक्रमहरूमा पनि आफ्नो उपस्थिति जनाउने गरेकी छिन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया