बालुवाटारको जग्गा फिर्ता गर्न नसक्ने ओलीबाट सिमानाको रक्षा हुँदैनः खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशको सिमाना भारतले मिच्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न डराएको आरोप लगाएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित अन्तर्क्रियामा नेता खतिवडाले देशको सीमा मिचिदा पनि प्रधानमन्त्री ओलीले भारतसँग कुटनीतिक रुपमा कुरा गर्न नसकेको बताए ।
‘हाम्रो देशको सीमा मिचिएको छ । नक्सा परिवर्तन भइरहेको छ । यो बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले अन्त कतै कुरा गर्न सक्नु भएन’, उनले भने, ‘बालुवाटारमा त्योपनि आफ्नो पार्टीका विद्यार्थी र युवा संघका साथीहरूलाई बोलाएर भन्नु हुन्छ ‘भारतीय सेना हाम्रो भूमिबाट बाहिर जा, एक ईञ्च भूमि पनि मिच्न दिन्न’ भनेर प्रधानमन्त्रीजीले भन्नु भए छ ।’
‘देशको प्रधानमन्त्री आफू प्रधानमन्त्री भएको पाँच मिनट पनि नवितिकन भारतीय प्रधानमन्त्रीबाट शुभकामना लिने । सबैभन्दा पहिलो विदेश भ्रमण भारतको गर्ने’, खतिवडाले भने, ‘भारतीय प्रधानमन्त्रीको शपथ ग्रहणमा सबैभन्दा पहिला पुग्ने । राष्ट्रवादका नाममा मीठामीठा कुरा गर्ने ।’
‘भारतीय प्रधानमन्त्री नेपाल आउँदा भारतीय प्रधानमन्त्रीले जुन ड्रेस लगायो त्यही ड्रेस लगाएर स्वागत गर्न जाने’, उनले भने, ‘ड्रेस पनि भारतीय राजदूतावासभित्र सिलाउन लगाउने । हाम्रा प्रधानमन्त्री राष्ट्रवादको कुरा गरेर बसिरहनु भएको छ ।’
‘देशको सिमाना मिचिदा खेरी एक पटक परराष्ट्र सचिवस्तीय वार्ता र सचिवसँग कुरा गर्ने हिम्मत सरकारले राख्न सकेन’, उनले भने, ‘एक पटक परराष्ट्र मन्त्रीबीच कुरा गर्ने हिम्मत यो सरकारले राख्नसकेन ।’
‘भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने हिम्मत यो सरकारले राख्न सकेन । यो सरकार अहिले भारतसँग लम्पसारवाद बनेर झुकेर बसेको छ’, नेपाली कांग्रेसका नेता खतिवडाले भनेका छन् ।
‘बालुवाटारको जग्गा मिच्दा त्यो जग्गा फिर्ता गर्न नसक्ने प्रधानमन्त्रीले हाम्रो सीमा मिच्ने भारत हाम्रो भूमि फिर्ता गरभन्दा भारत तयार हुँदैन’, उनले भने, ‘यो सरकारलाई नेपालको अस्तित्व रक्षाका लागि सबैले समर्थन गरेको छ । कुटनीतिक पहलबाट समस्याको समाधान गरौँ भनेर कांग्रेसले सुझाव दिएको छ ।’
‘तर, प्रधानमन्त्री ओलीजी यसका लागि तयार हुनुहुन्न । लम्पसावादमा पुग्नु भएको छ । यो हाम्रा लागि आपत्तिजनक कुरा हो’, खतिवडाले भने, ‘प्रधानमन्त्रीजी स–साना कुरामा अल्झिनु भएको छ । नेकपाका नेता बोलाएर कहिले मन्त्रिमण्डल पुनःगठन गर्ने हल्ला फिजाएर बस्ने ।’
‘होली वाइनका लागि होटेल सोल्टीमा ३–४ दिनसम्म लम्पसार परेर सुत्ने । देशको यति ठूलो कुरा हुँदा बोल्न नसकेको देख्दा हामी अचम्मा परेका छौँ’, उनले भने, ‘सरकार सबै कुरामा फेल भएको छ । भ्रष्टाचार भएको छ । शान्ति सुरक्षा छैन । सबैभन्दा ठूला भ्रष्टाचार यही सरकारको पालामा भएको छ । वाइडबडी, सुनकाण्ड, फोरजी, तस्करी लगायतका काण्ड भएका छन् ।’
‘ओलीजीका पार्टीका ठेकेदारलाई संरक्षण गर्ने काम भएको छ । काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने कार्य भएको छ’, खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया