धरानमा खुट्टा काम्न थाल्यो कम्युनिस्टहरूको, कांग्रेसले विजयकाे झण्डा गाड्ने
धरान । धरान उपमहानगरमा ०७४ सालको स्थानयको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले विजयी भएपछि गरिब सोझा मजदुर, व्यापारी, उद्योगी धरानका जनतालाई कर बृद्धिको मारमा पारेर जनताको ढाड सेक्ने कार्य भएको छ ।
तर उपनिर्वाचनको मुखमा कर वृद्धि भएको भन्दै नेकपाले जिते कर घटाउँछु भन्ने नारा धराने जनता झुक्याउने प्रपन्च भएको नेपाली कांग्रेस धरानका नेताहरूले बताएका छन् ।
गरिब, सुकुम्बासी, श्रमजीवीको पार्टीको नेता भनेर जनतामाझ जाने तर झुटा कुरा गरेर जनतालाई भ्रममा पारेर चुनाव जित्ने नेकपाको योजना धरानका लागि पुरानो सूत्र समेत रहेको नेपाली कांग्रेसका धरानका पुराना नेता विनोद राईले बताए ।
उनले नेकपाका नेताहरूलाई कर बढाउदा वृद्धिमा बिर्को लागेको थियो भन्दै प्रश्न गरेका छन् ।
सञ्चाकर्मीसंग कुरा गर्दै राईले भनेका छन्, ‘नेकपाका उम्मेदवारले मिडियामा कर बढेको छ मैले जिते घटाउछु भन्नु भएछ । यदि तपाईको नैतिकता छ भने कर बढाउने धरान कार्यपालिकामा बहुमत छ । नेकपाबाट विजयी जनप्रतिनिधिलाई कार्वाही गरेर देखाउनुस् ।’
‘नेपाली कांग्रेसको धरानमा जित निश्चित रहेको छ । धरानमा कांग्रेसले मन जितेको छ अब मत र मन जितेको कांग्रेसको जित कसैले रोक्न सक्दैन’, उनले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेकपाको तीन तहमा सरकार भएकाले आर्थिक चलखेल गर्न सक्ने भएकाले चनाखोसंग पार्टीका हरेक तह र तप्काका साथीहरू रहन आग्रह गरेका छन् ।
धरानका कांग्रेस एक भएर तिलक राईलाई जिताउन लागेको भन्दै कांग्रेस नेताहरूले धरानमा चारतारे झण्डाको विजयी हुने बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया