कम्युनिस्ट सरकारलाई तनावपूर्ण बन्यो नेविसंघ
काठमाडौं । सीमा मिच्ने भारत र चीनविरुद्ध काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गर्दा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले दमन गरेको छ ।
सोमबार साँझ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंको बालाजु क्षेत्रमा भएको राँके जुलुस प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले माथिको आदेशभन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको जनाइएको छ ।
भारत र चीनले नेपाली भूमि कब्जा गरेको भूमि तत्काल फिर्ता गर्न माग गर्दै नेविसंघका नेता सुशील भट्टसहितका विद्यार्थी नेताहरूले बालाजु–बाइपासबाट राँके जुलुस निकालेका थिए ।
माछापोखरी पुगेको नेविसंघको राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले विद्यार्थी नेताहरू निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदीश थापा, ईश्वर थापा, ध्रुव अधिकारी, सन्तोष खलाल, भीम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्रीलाई महानगरीय प्रहरी वृत्त बालाजुमा थुनामा राखेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया