घोराही १६ मा कांग्रेस उम्मेदवारको हौसला बढाउन आइन् काठमाडौंकी उपमेयर

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका ताराबहादुर डाँगीको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू सहभागी भएका छन् ।

सोमबार घोराही १६ मा आयोजित घरदैलो कार्यक्रममा कांग्रेसका नेताहरू सहभागी भएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्त, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटा, पूर्वसांसद राजु खनाल, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, दाङ कांग्रेसका नेता भुपबहादुर डाँगी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार डिसीको हौसला बढाउन काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गी घोराही आएकी हुन् ।

कांग्रेस नेतृहरू दाङ क्षेत्र नम्बर ३ ‘ख’मा प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यको चुनावी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

Published : Monday, 2019 November 18, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया