अरुण नदीको लम्सुवाघाट पुल बनाउन स्थानीयसहित कांग्रेसको दवाव

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँसहित भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीय समाजसेवीहरूले अरुण नदीको लम्सुवाघाट पुल निर्माणका लागि ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले केही महिना अगाडि ज्ञापन पत्र बुझाएका थिए । साेही ज्ञापन पत्रकाे मागअनुसार तरुण दलका उपाध्यक्ष चापागाइँले भाैतिक मन्त्रालयका सचिवलाइ भेटेर पुल बनाउन दवाव दिएका हुन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले विकास निर्माणका कामहरूलाई अगाडि बढाउन ढिलाइ गरिरहेका बेला भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरू र स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाइ लम्सुवाघाटको पुल छिटो सम्पन्न गर्न दवाव दिएका हुन् ।

पुल निर्माणका लागि ०६९ असार २६ गते शिलान्यास भएको थियो । लम्सुवाघाट तीन वर्षभित्र सम्पन्न गर्ने लक्षय राखिएको थियो ।

तर, ९ वर्षभन्दा पनि धेरै समय भइसक्दा पनि पुल निर्माण हुन नसकेपछि भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीय सवर्वसाधारणहरू आक्रोशित बनेका छन् ।

भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले अरुण नदीको लम्सुवाघाटको पुल छिटोभन्दा छिटो सम्पन्न गर्न मातहतलाई निर्देशन दिन सचिवसँग आग्रह गरिएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँले बताए ।

Published : Monday, 2019 November 18, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया