ललितपुर कांग्रेस र खेलकुदमा लोकप्रिय महर्जन

ललितपुर । ललितपुर जिल्लाका मीनकृष्ण महर्जन नेपाली कांग्रेस लोकप्रिय युवा नेता मानिन्छ । ०४६ सालको जनआन्दोलन होस् या ०६२६३ को दोस्रो जनआन्दोलन । उनी सबै आन्दोलनहरूमा सहभागी भएका छन् ।

नेपाली कांग्रेसको सदस्य लिई राजनीति शुरू गरेका महर्जन नेपाली कांग्रेस महासमिति सदस्य र नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य पनि हुन् । नेपाली कांग्रेसका युवा नेता महर्जन ११औँ महाअधिवेशन प्रतिनिधि हुँदै १२औँ महाधिवेशनमा महासमिति सदस्य र १३औँ महाधिवेशनमा महासमिति सदस्य भएका थिए ।

०५७ सालमा महर्जन नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेका थिए । नेपाली कांग्रेस संसदीय दल प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाँण अध्यक्ष रहेका बेला महर्जनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । महर्जनको लोकप्रियताबाट प्रभावित भएकै कारण खाँणले केन्द्रीय सदस्य बनाएका थिए ।

०६० सालमा चितवनमा भएको तरुण दलको केन्द्रीय अधिवेशनमा महर्जन केन्द्रीय सदस्य पदमा खुल्लातर्फबाट अत्याधिक मतले विजय भएका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनपछि महर्जन तरुण युवाहरूको नेतृत्व गरी आफ्नै जीवन दाउमा राखेर प्रत्येक दिन आन्दोलनमा सहभागी भएका थिए ।

महर्जन करातेको पूर्व अन्तर्राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत हुन् । महर्जनले १ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । महर्जनलाई खेलकुदमा पनि करातेका खेलाडीहरूले आदर्शका रुपमा लिन्छन् ।

०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा महर्जनले तरुण दलले काठमाडौं उपत्यकाको इञ्चार्जको जिम्मेवारी दिएको थियो । लोकतान्त्रिक आन्दोलनमा महर्जनले हजारौं तरुण, युवाहरू र खेलाडीहरूलाई परिचालन गरेका थिए ।

महर्जनको लोकप्रियता देखेर नेपालमा लोकतन्त्र पुनर्वहाली पश्चात नेपालमा पहिलो संविधानको चुनावमा ललितपुर क्षेत्र नम्बर १ मा टिकटका लागि सिफारिस गरिएको थियो । ६०–४० को भागबण्डाका कारण महर्जनले टिकट पाएका थिएनन् ।

उनले नेपाली कांग्रेसमा पु¥याएको योगदान र खेलकुदमा गरेको योगदानको कदर गर्दै तत्कालीन सभापति गिरीजाप्रसाद कोइरालाले ०६६ सालमा राष्ट्रिय खेलकुद परिषद परिषदको कोषाध्यक्ष लागि पार्टीबाट सिफारिस गरेका थिए । महर्जन कोषाध्यक्ष पनि भएका छन् ।

०६८ सालमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा महर्जनले नैतिकताको आधारमा परिषदको कोषाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि महर्जन निरन्तर पार्टीको सगठन बिस्तारमा आफूलाई सक्रिय बनाउँदै लगेका छन् ।

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ बाट टिकटका लागि सिफारिस गरिएको थियो । नेपाली कांग्रेसको संसदीय बोर्डमा टिकटको लागि महर्जनको नाम प्रस्ताव भएको थियो । अन्तिममा महर्जनको लोकप्रियतासँगै जनजातिको कोटामा समानुपातिकमा राख्ने मौखिक सहमति भएको थियो ।

ललितपुरमा महर्जन नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मानिन्छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि महर्जनलाई निकै रुचाउँछन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता स्व.खुमबहादुर खड्काले महर्जनलाई आफ्नै छोरा जस्तो गरेर माया गर्ने गर्दै आएका थिए । महर्जनलाई नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति प्रकाशमान सिंह लगायतका नेताहरूले पनि निकै रुचाउँछन् ।

नेपालमा संघीयता लागू पश्चात् ०७४ सालको प्रतिनिधि सभा निर्वाचान र प्रदेश सभा निर्वाचनमा महर्जनलाई ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’तर्फ नेपाली कांग्रेसबाट टिकट दिइएको थियो । महर्जनको लोकप्रियताका कारण कम्युनिस्टहरूले पनि उक्त प्रदेश कम्युनिस्टहरूले हार्ने आंकलन गरेका थिए । पछि उक्त प्रदेशमा सामदाम दण्डभेदको हर्कत भयो । नेपाली कांग्रेस कै नेताहरूलाई पैसाको प्रलोभनमा पारियो । कांग्रेस कै नेताहरूलाई पैसामा किने ।

त्यति गर्दा पनि महर्जन प्रदेश सभामा झिनो मतले पराजित भएका थिए । महर्जन भन्छन्, ‘मलाई त कम्युनिस्टहरूले हराउनै सक्दैन, मलाई आफ्नै पार्टीका केही नेताहरू पैसामा बिकेर आफ्ना नातागोतालाई सूर्यमा भोट हाल्न लगाए ।’

उनले त्यो प्रमाण आफूसंग अहिले पनि सुरक्षित रहेको बताउने गर्छन् । ‘हाम्रो क्षेत्रमा एकथरी नेता यस्ता छन् । नेपालमा प्रजातन्त्र पश्चात् अहिलेसम्म रुखमा भोट हालेका छैनन्’, उनले भने, ‘३६४ दिन कांग्रेस हुने । चुनावको दिन अर्को पार्टी ? यस्ता नेताहरूले गर्दा नै पार्टी कमजोर भई रहेछ ।’

सन् १९९९ मा नेपालमा भएको आठौं साफ गेममा महर्जन करातेको कोच थिए । उक्त समयमा नेपालले करातेमा १४ वटा स्वर्ण पदक ल्याएको थियो ।

महर्जन सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । महर्जनले आफ्नो क्षेत्रमा मोटर बाटो बनाउने ऐतिहासिक मठ मन्दिर, ऐतिहासिक पोखरी बनाउने स्कूल बनाउने युवाहरूलाई रोजगारी दिने जस्ता अन्य कुरामा पनि निकै सक्रिय मानिन्छ ।

महर्जनले ०७२ सालमा गएको बिनासकारी भूकम्पको बेलामा पनि ललितपुर क्षेत्र नम्बर १ को प्रत्येक गाउँगाउँ गई भूकम्प पीडितहरूलाई राहत बितरण गरेका थिए । उनले पीडितहरूलाई राहत दिएर दुःखका बेला मलम लगाउने कार्य गरेका थिए ।

महर्जन राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्य सचिव पनि भएका थिए ।

जीवनराम श्रेष्ठ सदस्य सचिब हुँदा प्रजातान्त्रिक धारका कर्मचारी र प्रशिक्षकहरूलाई दुर्गम ठाउँमा सरुवा गरेका कर्मचारीहरूलाई महर्जनले निमित्त सदस्य भएको २४ घण्टाभित्रै करीब ४५ जना कर्मचारी र प्रशिक्षहरूलाई केन्द्र र सदरमुकाम सरुवा गरेका थिए ।

कतिलाई राष्ट्रिय खेलकुद परिषदमा रहेका विभिन्न विभागहरूमा डाइरेक्टर र डिपुटी डाइरेक्टर समेत बनाएका थिए । त्यति मात्र नभई कतिपय राष्ट्रिय संघमा प्रमुख प्रशिक्षक समेत बनाएर निकै चर्चा कमाएका थिए ।

अहिले पनि खेलकुद परिषदमा महर्जनको निकै चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका नेताहरूले वर्तमान खेलकुदको विषयमा महर्जनसंग परामर्श लिने गर्छन् । नेताहरूलाई पनि महर्जन राष्ट्रिय खेलकुद परिषदमा भइरहेको गतिविधि बारेमा जानकारी गराई रहेका छन् ।

सन् १९९९ मा नेपालमा भएको आठौं साफगेममा महर्जन करातेको कोच थिए । उक्त समयमा नेपालले करातेमा १४ वटा स्वर्ण पदक ल्याएको थियो । करातेमा ऐतिहासिक सफलता पश्चात महर्जनलाई तत्कालीन राष्ट्रिय खेलकुद परिषद युवराज दीपेन्द्र वीरबिक्रम शाहदेले १ लाख पुरुस्कार दिएका थिए ।

महर्जनले नेपाली कांग्रेसका कार्यकर्ता र खेलाडीहरूको अत्याधिक संरक्षण गर्छन् । उनको यही शैलीका कारण उनी ललितपुर कांग्रेस र खेलाडीहरूका बीच लोकप्रिय छन् ।

Published : Sunday, 2019 November 17, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया