सिड्नी विमानस्थलमा दुई नेपाली पक्राउ

सिड्नी । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

एक हप्ताको भित्र भिषा थप्न इन्डोनेशियाको बाली पुगेर सिड्नी फर्किएका दुई नेपाली नागरिकलाई अष्ट्रेलियाको अध्यागमन विभागले सिड्नी विमानस्थलमा पक्राउ गरेको हो ।

एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्तव्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए ।

सिड्नी फर्कने क्रममा उनीहरू अध्यागमनमा पक्राउ परेका छन् ।

लगातार दुई हप्तामा दुई नेपाली पक्राउ परेपछि नेपालीहरूको लागि बाली ट्रान्जिट खतरा साबित भएको छ ।

प्रहरी नियन्त्रणमा हुने व्यक्तिले कम्तीमा १० हजार डलर धरौटी राखेर बाँकी बक्यौता काम र सरसामान मिलाएर फर्किने शर्तमा रिहा हुन सक्छ ।

अष्ट्रेलियामा कार्यक्रम, मेला, महोत्सवका नाममा मानव तस्करी गरेर पैसा कमाउने ठूलै गिरोह सक्रिय रहेको देखिन्छ ।

अहिले रकडेल, अर्वनमा त्यस्ता नेपालबाट कलाकारिताका नाममा आएर भागेकाहरू प्रसस्तै भेटिन्छन् ।

Published : Saturday, 2019 November 16, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया