सर्लाहीमा वडाध्यक्षलाई भोट माग्दै कांग्रेसका सांसद सिंह

सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामप्रित पासवानले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

पासवानको प्रचारमा सर्लाही क्षेत्र नम्वर ४ का प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह आफै सक्रिय रुपमा लागेका छन् ।

हरिपुर्वामा रहेर सिंहले वडाध्यक्षका उम्मेदवार पासवानको पक्षमा मत माग्दै घरदैलोमा सहभागी भएका हुन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतका जिल्ला नेताहरूले पनि पासवानको पक्षको मत माग्दै हिँडे्का छन् ।

हरिपुर्वा नगरपालिका–१ मा एक हजार ३ सय ५६ मतदाता छन् ।

Published : Saturday, 2019 November 16, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया