प्याजका कारण कम्युनिस्ट सरकारलाई तनाव

डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै डडेलल्धुराका उपभोक्ता मारमा परेका छन् ।

सदरमुकाममा प्याज प्रतिकिलो दुई सय रुपियाँमा बिक्री भइरहेको छ ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका व्यापारी खगेन्द्र जोशीले जानकारी दिएका छन् ।

प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ ।

प्रतिकिलो ५० मा बिक्री भइरहेको प्याज एक्कासि २०० पुगेको स्थानीयवासी ईन्दिरा ताम्राकारले बताइन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले उचित व्यवस्था गर्न नसक्दा प्याजको मूल्य वृद्धि भएको उपभोक्ताहरूले गुनासो गर्दै आएका छन् ।

काठमाडौं उपत्यकामा पनि सरकारले प्याजको मूल्य नियन्त्रण गर्न सकेको छैन । दैनिक सरह प्याजको मूल्य वृद्धि हुँदै आएको छ ।

Published : Saturday, 2019 November 16, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया