स्थानीय निकायका दर्जन बढी प्रमुख र उपप्रमुख भारत भ्रमणमा

काठमाडौं । नेपालमा भूकम्प पश्चातको पुनःनिर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरूका लागि यूएनडीपीले भारतमा परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।

“भुज भूकम्प पुनर्निर्माण अनुभव”बाट सिक्ने हेतु प्रतिनिधिहरूका लागि यूएनडीपीको साझेदारको रुपमा रहेको ओडीआरसीले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो । २ नगरपालिकाका मेयर र उपमेयर तथा ६ गाउँपालिकाका वडा अध्यक्ष र उपाध्यक्षहरू उक्त भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरूसँग प्रतिनिधिले भेटघाट गर्नुका साथै भुज भूकम्प पश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरूको अवलोकन गर्नेछन् ।

दिल्लीमा प्रतिनिधिहरूले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरूबारे विस्तृत जानकारी लिनेछन् ।

गोरखा जिल्लाको २६ हजार ९ सय १२ घरको पुनःनिर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन यूएनडीपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।

Published : Friday, 2019 November 15, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया