भारतविरुद्ध नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन, तनाबमा लैनचाैर

काठमाडौं । सीमा मिचिँदा समेत दुईतिहाइको बलियो कम्युनिस्ट सरकार मौन बसेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौमा प्रदर्शन गरेको छ ।

ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसका नेविसंघमा आवद्ध विद्यार्थीले काठमाडौंको तारकेश्वरमा विरोध प्रर्दशन गरेका हुन् ।

नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएको छ ।

नेपालटारबाट शुरु भएको विरोध र्‍याली बाईपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, राष्ट्रिय क्याम्पसका शुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका मातृका तिमल्सिना, राजेन्द्र फुँयाल, दीपेन्द्र ढकाल लगायतले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले सरकार सीमा मिचिँदा पनि कानमा तेल हालेर बसेको भन्दै चर्को आलोचना गरेका छन् ।

Published : Friday, 2019 November 15, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया